महामन्त्री थापा भन्छन् – सत्ता गठबन्धन धरापमा परिसक्यो

नेपालखोज २०७८ फागुन १२ गते १९:४२

काठमाडां । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन् । बिहीवार बानेश्वरस्थित संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्ता पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धन धरापमा परेकाले गठबन्धन अघि बढ्ने अवस्थामा नरहेको बताए । महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)लाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफू सबै उपायमा छलफल गर्न तयार रहेको कुरा राखेको जानकारी दिए ।

भेटको क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्ने विषय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको बताएको उनले उल्लेख गरे । महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धनबाट पार नलाग्ने भएकाले गठबन्धनको सम्बन्धमा थप छलफल गरि राख्नु नपर्ने बताए ।

प्रतिक्रिया