प्रचण्डले ओलीलाई भने- एक हौं, जवाफ- हुँदैन अहिले

काठमाडौं । नेकपा माओवादी केन्द्रले मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिन एमालेसँग प्रस्ताव गरेको छ । बिहीबार साँझ बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रले एमाले नेताहरुलाई विगतको समीक्षा पछि गरौं भन्दै अहिलेका लागि एक ठाउँमा उभिन प्रस्ताव गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी मुद्दा मिल्ने विषयमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । त्यसक्रमा उनले एमसीसीबारे एमालेले धारणा स्पष्ट पार्न पर्ने बताएका थिए ।
तर एमालेले भने छलफल जारी राख्ने बताएको थियो । एमालेले आफूहरुको माग सम्बोधन भएपछि एमसीसीबारे छलफल गर्ने बताएको छ । माओवादीले एक भएर बामपंथी अघि बढ्नु पर्ने धारण सार्वजनिक गरेको छ ।
दुई पार्टीका शीर्ष नेतृत्वबीच राष्ट्रिय मुद्दा, एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भएको प्रचण्डको सचिवालयले जाकारी दिएको छ ।

प्रतिक्रिया