प्रचण्ड-ओली घनिभूत छलफल, प्रचण्डको ओलीलाई `प्रधानमन्त्री अफर´!

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेका छन् । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डले आफ्नो पार्टी अध्यक्षलाई प्रधानमन्त्रीको अफर गरेको खुल्सत पारेका हुन् ।
आज दिउँसो सबै पार्टीका नेताहरु बैठक र भेटघाटमा ब्यस्त थिए । प्रचण्डको दौडाहा भने अरु नेताको भन्द तीव्र देखियो । उनले एकीकृत समाजवादीका नेता, जसपाका नेतासंग छउफल गरे । लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटे । यता संसद भवनमा ओली र देउवाको छलफल सकिने बित्तिकै माओवादीका नेता लगेर ओलीलाई मनाउने र फकाउने कोसिस गरे ।
माओवादीले मुद्दा मिल्ने विषयमा एक ठाउँमा उभिन एमालेसँग प्रस्ताव गरेको छ । बानेश्वरस्थित संसद भवनमा भएको छलफलमा माओवादी केन्द्रले एमाले नेताहरुलाई विगतको समीक्षा पछि गरौं भन्दै अहिलेका लागि एक ठाउँमा उभिन प्रस्ताव गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले र माओवादी मुद्दा मिल्ने विषयमा एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । त्यसक्रमा उनले एमसीसीबारे एमालेले धारणा स्पष्ट पार्न पर्ने बताएका थिए ।
तर एमालेले भने छलफल जारी राख्ने बताएको थियो । एमालेले आफूहरुको माग सम्बोधन भएपछि एमसीसीबारे छलफल गर्ने बताएको छ । माओवादीले एक भएर बामपंथी अघि बढ्नु पर्ने धारण सार्वजनिक गरेको छ ।
दुई पार्टीका शीर्ष नेतृत्वबीच राष्ट्रिय मुद्दा, एमसीसी र सदन सुचारू गर्नेबारे छलफल भएको प्रचण्डको सचिवालयले जाकारी दिएको छ ।


प्रतिक्रिया