एमसीसी पक्ष बलियो- माधवका पार्टीबाट मन्त्री बनेकाले सघाउने, बाबुराम पक्षले मत हाल्ने

काठमाडौं । नेपाली कांग्रेसका नेताले गरेको पछिल्लो गृहकार्यपछि संसदबाट एमसीसी अनुमोदन हुनेमा ढुक्क देखिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार पार्टी आधिकारीक रुपमा एमसीसीको विपक्षमा उभिए पनि एकीकृत समाजवादी भित्र प्रेम आले र रामकुमारी झाँक्रीसहित एक दर्जन बढी सांसदले मत दिने बचन दिएका छन् ।
यसै गरी जसपा भित्र बाबुराम भट्टराई सहित १० भन्दा बढी सांसदले मत दिने तयारी भएको काँग्रेस नेताको दाबी छ । पार्टीले ह्वीप लगाए पार्टी विभाजन नै भएर भए पनि एमसीसीका पक्षमा ती सांसदहरु उभिने छन् । ह्वीप नलगाए स्वतः मत दिने छन् ।
अर्कोतिर एमाले मतदानमै सरीक भएमा भीम रावलसहित केही सांसद बाहेक सबैले मत दिने कांग्रेसको दाबी छ । एमसीसीको पक्षमा हामी भए पनि एमालेको सभामुख र माधव नेपालहरुलाई कार्बाही हुनु परयो भन्ने मात्र माग रहेको छ । सभामुखले ध्वनी मत भन्दा पनि लिखित मत विभाजन गराउने सोँच बनाएका छन् ।
त्यसो गर्दा पनि एमालेले नाराबाजी नै गरिरहे उनीहरुलाई सहभागीतामा गणना नगरी बाँकी उपस्थित सांसदको आधामा हुँदा माओवादी, एकीकृत समाजवादीका केही, जसपाका केही , जनमोर्चा, राप्रपा र नेमकिपा विपक्षमा उभिदा पनि बहुमत पुग्ने गणीतीय हिसाब तयार पारेर नेताहरुले देउवालाई ब्रीफिङ गरीरहेको बुझिएको छ ।
माओवादी एमसीसी पनि फेल गर्ने र गठबन्धन पनि जोगाउने नीतिमा भए पनि कांग्रेसले या पक्षमा उभिन या गठबन्धन छोड्न चेतावनी दिएको छ । एमाले पनि यो गठबन्धन भत्काउने योजनामा छ । माओवादी विपक्षमा उभिए पनि एमसीसी रोक्न सक्ने स्थितिमा नहुने हो कि भन्ने प्रचण्ड चिन्ता पार्टी भित्र छ । प्रचण्ड त्यहीभएर एमसीसीको पक्षमा उभिन्छन् कि भन्ने पनि छ ।

प्रतिक्रिया