आइतबार, वैशाख २८, २०८२

‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै, पहिलो खेलमा जावलाखेल र सङ्कटा भिड्ने

नेपालखोज २०७८ फागुन १३ गते ८:२३

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र सङ्कटा क्लब खेल्दैछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

जावलाखेल १२ खेलमा १३ अङ्क जोडेर दशौँ स्थानमा छ । समान खेलमा सङ्कटा १५ अङ्क जोडेर सातौँ स्थानमा छ । यस्तै एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा हुने खेलमा ब्रिगेड ब्वाइज र थ्री स्टार क्लब खेल्दैछन् । खेल दिउँसो एक बजे सुरु हुनेछ । ब्रिगेड १२ खेलमा ७ अङ्क जोडेर १३ औँ स्थानमा रहेको छ ।

ब्रिगेड रेलिगेसनमा परिसकेको छ । थ्री स्टार १२ खेलमा १८ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ । लिगको ११औँ चरणमा मच्छिन्द्र फुटबल क्लबले उपाधि जितिसकेको छ ।

प्रतिक्रिया