भ्रामक प्रचार नगराैं, एमसीसीको पक्षमा उभिन्‍नाैं : नारायणकाजी श्रेष्ठ

नेपालखोज २०७८ फागुन १३ गते १५:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमसीसी सम्झौताको विपक्षमा माओवादीले मत दिने बताएका छन् । सामाजिक सन्जालमार्फत सत्तारुढ गठबन्धनभित्र सहमतिको सम्भावना बढ्दै गएको भनिएपनि माओवादी नेता श्रेष्ठले यथास्थितिमा माओवादी एमसीसीको पक्षमा नउभिने प्रष्ट पारे ।

नेता श्रेष्ठले एमसीसी निर्णयार्थ पेस हुन संसदमा माओवादी अनुपस्थित हुने प्रचार गलत रहेको दाबी गरे। उनले भने, ‘हाम्रो पार्टीले आठौं महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ( एमसीसी सम्झौता यसका राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरूलाई संशोधन नगरी यथास्थितिमा स्वीकार नगर्ने र संसदबाट पारित नगर्ने ।’

श्रेष्ठले माओवादीविरुद्ध भ्रामक प्रचार अभियान चलाइएको आरोपसमेत लगाए । उनले आफ्नो अडानबाट नहट्ने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया