एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गर्दै छ : जीवनराम श्रेष्ठ

नेपालखोज २०७८ फागुन १३ गते १७:४३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज अपराह्न अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरवारस्थित नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।

अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरु तथा उपलब्ध सांसदहरुसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुगेका थिए । भेटवार्ताको क्रममा वर्तमान राजनीतिक अन्यौलताको समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जिवनराम श्रेष्ठले जानकारी दिए । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरुलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरुबीच कुराकानी भइरहेको उनले बताए ।

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझैपनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताए । गठबन्धनको आवश्यकता र महत्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडी बढ्नुपर्नेमा पार्टीको जोड रहेको उनले स्पष्ट पारे

प्रतिक्रिया