रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट प्रा.लि.का सञ्चालक राजेश खरेलको असामयिक निधन भएको छ । विसं. २०७८ फागुन ५ गतेका दिन ४५ बर्षको उमेरमा उनको निधन भएको हो ।
स्व. खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्र अन्तर्गत अतुलनीय उत्कृष्ट गुणस्तरका उत्पादन तथा सेवा उपलब्ध गराउँदै देश तथा जनताका लागि उल्लेखनिय योगदान पुगाएका थिए । दिर्घकालिन सोच बोकेका सफल यूवा उद्यमी तथा रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको असामयिक निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको छ ।
विसं. २०७३ सालमा हेटौंडाको रातोमाटेमा स्थापित रिद्धि सिद्धि सिमेन्ट, शंकर गु्रप र अम्बे गु्रपको भेन्चर हो । स्थापना कालको ५ बर्ष भित्रै अतुलनीय गुणस्तरका उत्पादन तथा नवप्रबर्तनात्मक सेवा उपलब्ध गराउने कम्पनीका रुपमा रिद्धि सिद्धि स्थापित भइसकेको छ । यसरी स्थापनाको छोटो अवधिमै नेपाली उपभोक्ता माझ सफल र विश्वसनीय कम्पनीका रुपमा रिद्धि सिद्धिलाई स्थापित गराउनमा स्व. खरेल ज्यूको अथक मिहेनत, अतुलनीय निस्वार्थ समर्पण र कार्यप्रतिको निष्ठाले उल्लेखनिय भूमिका खेलेको छ । यस्ता कर्मठ, निस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा रिद्धि सिद्धि सिमेन्ट प्रा.लि परिवार निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।
सिमेन्ट उत्पादन प्लान्टका लागि अत्याधुनिक प्रविधिका साथ उत्पादनको गुणस्तरार्थ मानक स्थापना गर्नु र पारदर्शिता दिँदै नेपाली समाजका लागि बलियो आधार निर्माण गर्ने कम्पनीको भिजन रहेको छ । यही भिजनलाई आत्मसात गर्दै दृढताका साथ अघि बढिरहेको उनको अभाव कम्पनीका लागि मात्र नभइ समग्र सिमेन्ट उद्योगले नै महशुस गरिरहने कम्पनीको भनाई छ ।
प्रतिक्रिया