बिहीबार, वैशाख १३, २०८१

बाग्लुङका ६८ जनाले पाए गुमेको ज्योति

नेपालखोज २०७९ चैत ३ गते १५:२१

काठमाडौं । प्राथमिक स्वास्थ्य केन्द्र ढोरपाटनमा फागुन २९ गतेदेखि चैत्र १ गतेसम्म सञ्चालन गरिएको आँखा शिविरमा ६८ जनाको मोतिविन्दुको नि:शुल्क शल्यक्रिया गरिएको छ । भने ६ सय ६८ जनाको नि:शुल्क आँखा परीक्षण गरिएको थियो ।

नेपाल नेत्र ज्योति संघ बाग्लुङ, आँखा सेवा केन्द्र बुर्तिवाङ, बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल नेत्रज्योति संघद्धारा सञ्चालित विभिन्न अस्पतालहरुले विभिन्न संघ संस्थाहरुसंगको सहकार्यमा देशैभरी बार्षिक करिब ३ हजार निशुल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेका छन् । नेपाल नेत्रज्याति संघले हाल देशभरमा २७ वटा आँखा अस्पताल तथा १५० भन्दा बढि आँखा उपचार केन्द्र संचालन गरिरहेको छ । संघले देशभरका आँखा अस्पताल, आँखा उपचारका केन्द्र र विभिन्न आँखा शिविरहरु मार्फत हरेक जिल्लाका नागरिकहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै आइरहेको छ ।

पैसाको अभावका कारण अन्धोपनमा जिवन विताउन नपरोस भनेर पछिल्लो समय सेवा दिने उद्देश्यले स्थानिय सरकार संगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गदै आएको छ । जस अन्तर्गत नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बागलुङ्गको ढोरपाटन नगरपालिकामा शिबिर सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया