जसपाको केन्द्रीय कार्यकारिणी बैठक सुरु, एमसीसीलगायत समसामयिक विषयमाथि छलफल हुने

काठमाडौं । एमसीसीलगायत समसामयिक राजनीतिको सम्बन्धमा छलफल गर्न जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । बैठक आज इमाडोलस्थित इन्द्रणी ब्याक्वेटमा सुरु भएको हो ।
बैठकमा एमसीसीलगायत राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमाथि छलफल हुने भएको छ । जसपा नेता प्रकाश अधिकारीले केन्द्रीय कार्यकारिणी बैठकमा स्थानीय तहको निर्वाचन तथा पार्टी दर्ता, एमसीसी, देशको वर्तमान राजनीतिक परिस्थिति, पार्टीको संगठनात्मक कार्यको समिक्षा र समायोजनको सम्बन्धमा छलफल हुने बताए ।
त्यसैगरी बैठकमा कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिको पदमान र कार्यविभाजन, नेतृत्व प्रणाली, पार्टीको विधान अधिवेशन, सुज अभियान, सरकार तथा पार्टीका मन्त्रीहरुको कार्य समिक्षा र केन्द्रीय समिति तथा संघीय परिषद्को बैठकको सम्बन्धमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।
आज ढिलोगरी सुरु भएको जसपा केन्द्रीय कार्यकारिणी बैठक लम्बिने सक्ने नेता अधिकारीले बताए । सत्तारुढ सबै राजनीतिक दलहरुले एमसीसीको सम्बन्धमा धारणा स्पष्ट गरिसकेको भएपनि जसपाले यसबारे हालसम्म औपचारिक धारणा स्पष्ट पार्न सकेको छैन् । पार्टीमा अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबिच एमसीसीको विषयमा फरक-फरक मत रहेको नेताहरुले बताउने गरेका छन् ।

प्रतिक्रिया