हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना
नेपालखोज
२०७८ फागुन १४ गते ६:३०

काठमाडौं । देशभर आंशिक देखि सामान्य बदली रहने छ । धेरै स्थामा मौसम सफा हुनेछ ।
आज दिउँसो देशको सुदूर पश्चिम प्रदेशभरि तथा कर्णाली, गण्डकी, वाग्मती र प्रदेश १ का उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश १ का पहाडी भू-भागमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आज राति आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम, कर्णाली, गण्डकीका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।
सम्बन्धित

प्रतिक्रिया