आइतबार, जेठ ५, २०८२

ग्रान्डीका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान

नेपालखोज २०७८ फागुन १४ गते ८:३२

काठमाडौं । ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् ।

फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेसनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इन्जिनियर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्यान्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इन्जिनियर कुँवरलाई सम्मान गरिएको सो युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासंघको द्वितीय उपाध्यक्षसमेत रहेका इन्जिनियर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गरेका छन् । कुँवरले गोंगबुको नयाँबसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउन लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर काम गरेका छन् ।

प्रतिक्रिया