प्रचण्ड जित्न रोल्पा कि रुकुम जानुपर्‍यो : गोकुल बास्कोटा

नेपालखोज २०७८ फागुन १४ गते १५:२३

काठमाडाैं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपालको पार्टी नेकपा एसले स्थानीय चुनावमा एउटा वडा सदस्य जित्न नसक्ने दाबी गरेका छन् । नेपाल खेलकुद महासंघको प्रदेश अधिवेशनमा उनले नेकपा माओवादी केन्द्रको पनि बिजोग हुने बताए ।

उनले माओवादी धेरैमा चार सिट जित्ने बताए । उनले भने, ‘हेरम्ला यसपटक माधव नेपालको पार्टीले एउटा वडा सदस्य पनि जित्दैन। माओवादीको यसो तीन-चार सिट देखिन्छ । त्यो पनि चितवनबाट । माओवादीको देशभर निर्वाचन क्षेत्र छैन् । कि रोल्पा जानुपर्‍‍यो कि रुकुम जानुपर्‍यो । त्यहाँ पनि भन्न सकिन्न । अब माओवादीको खैरियत छैन।’

प्रतिक्रिया