नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन काठमाडौंको अध्यक्षमा पौडेल

नेपालखोज २०७८ फागुन १४ गते २१:५२

काठमाडौं । प्रजातन्त्रवादी वकिलहरूको छाता संगठन नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) काठमाडौंको अध्यक्षमा सुशीलराज पौडेल निर्वाचित भएका छन् ।

एशोसिएशनको आज सम्पन्न चौथो अधिवेशनमा अध्यक्षका उम्मेदवार पौडेलले ३५५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी मनिराम उपाध्यायले २०१, जयन्तीकुमार ढकालले १७० र धु्रवराज शर्मा पराजुलीले ८८ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिए।

त्यस्तै उपाध्यक्षमा सुरेन्द्रसिंह ऐरले ४४७, सचिवमा माधव दुलालले ४७५ र कोषाध्यक्षमा अमृता अर्यालले ४३९ मत ल्याई विजयी भएको संयोजक खरेलले बताए। सदस्य भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । डिएलएको आज सम्पन्न निर्वाचनमा ८२४ मत खसेको थियो ।

प्रतिक्रिया