मंगलबार, जेठ १, २०८१

युरो एकको खरिददर १३० रुपैयाँ ०४ पैसा, बिक्रीदर १३० रुपैयाँ ६५ पैसा

नेपालखोज २०७९ साउन २५ गते ८:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुभबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।त्यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ०४ पैसा र बिक्रीदर १३० रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६८ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रूपैयाँ ८२ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया