एमसीसी सम्झौता पारित गर्न दलहरु अन्तिम कसरतमा

नेपालखोज २०७८ फागुन १५ गते ८:३४

काठमाडौं । सत्तारूढ गठबन्धन दलहरु एमसीसी सम्झौता पारित गर्न अन्तिम कसरतमा जुटेका छन् । सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्न तत्पर भएपछि दलहरु एमसीसी पारित गर्ने अन्तिम तयारीमा जुटेका हुन् ।

गएराति खुमलटारमा पुष्पकमल दाहाल, माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको थियो । देउवालाई भेट्नुअघि दाहाल र नेपालले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटघाट गरी गठबन्धन नटुटाउने र वैकल्पिक विधिमार्फत एमसीसी पारित गर्ने विषयमा छलफल गरेका थिए ।

माओवादी केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, वर्षमान पुन, लीलामणि पोखरेल, देव गुरुङलगायत नेताहरू एमसीसी फेल गराउनुपर्ने पक्षमा छन् । भने नेकपा एसभित्र झलनाथ खनाल एमसीसी पास गर्न नहुने पक्षमा उभिएका छन् ।

प्रतिक्रिया