बुधबार, जेठ १, २०८२

एनआईसी बैंकको एटीएम फोर्दै गरेको अवस्थामा पक्राउ

नेपालखोज २०७८ फागुन १५ गते १२:५५

काठमाडौं । काठमाडौं महानगरपालिका १, नक्साल भगबतीबहालस्थित सगरमाथा इन्स्युरेन्स भवनमा रहेको एनआईसी एसिया बैंकको एटिएमबाट नगद चोरी गर्न फोर्दै गरेको अवस्थामा सानोगौचरण बस्ने काभ्रे धुलिखेल ७ घर भएका २१ वर्षीय आकाश तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले आकाशलाई एटिएम फोर्न प्रयोग गर्ने औजारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया