प्रतिनिधिसभा बैठक एक घण्टा सर्‍यो

नेपालखोज २०७८ फागुन १५ गते १३:५२

काठमाडौं । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि सारिएको छ । आज दिउँसो १ बजे बस्ने तय भएको बैठक २ बजेका लागि सारिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा‍. रोजनाथ पाण्डेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेश गर्ने र अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस्’, भन्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

प्रतिक्रिया