माओवादी केन्द्र र नेकपा एस फुट्ने ?

नेपालखोज २०७८ फागुन १५ गते १४:१८

काठमाडौं । सत्ता गठबन्धन नजोगाए राजनीतिक भविष्य नै संकटमा पर्न सक्ने डरबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी अनुमोदन गर्ने पक्षमा उभिए । दुवैले एमसीसी अनुमोदनका लागि पार्टीबाट निर्णय गराए ।

प्रचण्डले खुमलटारमा माओवादीका प्रभावशाली नेताहरुसँग छलफल गरे । उनले सत्ता गठबन्धन जोगाउनुपर्ने भन्दै वाध्यात्मक परिस्थितिमा संकल्प प्रस्ताव पारित गर्ने गरी एमसीसी अनुमोदनको निर्णय गरेकाे बताए । नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल लगायतका नेताहरु एमसीसी कुनै हालतमा अनुमोदन नगर्ने पक्षमा उभिएका थिए । उनीहरुले माओवादी कसैको निजि क्लब नभएको बताएका छन् ।

नेकपा एसको बैठक पनि एमसीसी अनुमोदनको विषयमै केन्द्रित भयो । माधव नेपाल एमसीसीमा लचिलो भएपनि झलनाथ खनाल खुलेरै विरोधमा छन् । खनालले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना छैन् । एमसीसी पारित गर्न बढेमा नेकपा एसबाट विद्रोह गर्ने सम्भावना छ । एसको बैठकमा ब्याख्यात्मक टिप्पणीको ११ बुँदे पत्र नेताहरुलाई बाडिँएको थियो ।

एमसीसीबारे पक्षमा निर्णय लिँदा माओवादी र नेकपा एसभित्रै ठूलै विद्रोहको अवस्था बन्न सक्छ । बढीभन्दा बढी सांसद एमसीसीको विपक्षमा गएमा पारितका लागि संख्या पुग्न कठिन हुनसक्छ । यसले नयाँ चुनौती ल्याउन सक्छ ।

प्रतिक्रिया