झलनाथले प्रतिनिधिसभामा भने- नो एमसीसी

काठमाडाैं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले एमसीसीमा आपत्तिजनक शब्दहरु भएको दाबी गरेका छन् । उनले आजको प्रतिनिधिसभामा बैठकमा एमसीसी हुबहु पारित गर्न नहुने स्पष्ट पारे ।
सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह गरेका छन् । उनले नाे एमसीसी भन्दै एमसीसी पास गर्न नहुने बताए प्रतिनिधिसभामा एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र पारित गर्नुपर्ने बताए ।
उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् । उनले एमसीसी र एमसीसीसँग भएका पत्राचार पनि सदनले हेर्न पाउनुपर्ने बताए । उनले एमसीसी देशको हितमा नभएको टिप्पणी गरे । उनले एमसीसीको छलफल सार्थक नै नभएको दाबी गरे ।
पूर्व प्रधानमन्त्री खनालले एमसीसी सम्झौता सर्तै सर्तले बेरिएको भन्दै ती शर्तहरु आफूहरुलाई अमान्य रहेको बताए । उनले त्यस्ता शर्त मानेर सहयोग लिनुभन्दा आफ्नै साधन र स्रोत प्रयोग गरेर देशको विकास गर्न सकिने बताए ।

प्रतिक्रिया