एमसीसीलाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार्न सकिन्छ

नेपालखोज २०७८ फागुन १५ गते १९:११

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले एमसीसी सम्झौतालाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सक्ने बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् बस्नेतले एमसीसी सम्झौताको सम्बन्धमा विभिन्न आशंकाहरु उब्जिरहेको भन्दै यसलाई आर्थिक सहायताको रुपमा मात्रै स्वीकार गर्न सकिने बताएका हुन् ।

नेपाल असंलग्न परराष्ट्र नीतिमा रहेको भन्दै उनले कुनै पनि प्रकारको राजनीतिक र सैन्य दायित्व सिर्जना हुने खालका विषय वस्तुलाई स्वीकार गर्न नसक्ने स्पष्ट पारे ।

एमसीसी सम्झौताको सम्बन्धमा समाजको तल्लो तहसम्म ध्रुविकृत हुने अवस्था आइसकेको भन्दै उनले सरकारले यसलाई तथ्यपूर्णरुपले अध्ययन गरेर अगाडी बढाउनु पर्नेमा जोड दिए । उनले एमसीसीको सम्बन्धमा राष्ट्रलाई एकतावद्ध बनाउनुपर्ने बताए ।

प्रतिक्रिया