नेता रिजालले भने – हामी आफैले मागेको एमसीसीको विरोध गर्न मिल्दैन
नेपालखोज
२०७८ फागुन १५ गते २०:०८

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले हामी आफैले मागेको एमसीसी सम्झौंताको विरोध गर्न नमिल्ने बताएका छन् । नेता रिजालले यो अनुदान सहायता भएको र यसलाई नेपालको विकासमा उपयोग गर्न पनि विरोध गर्न नहुने बताएका हुन ।
आज प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलको भाग लिँदै उनले एमसीसी आयो भने अमेरिकी कानुन आउँछ भनेर भ्रम नछर्न पनि आग्रह गरे । उनले चीनबाट पनि विआरआई प्रोजेक्ट अघि बढाएर सहायता लिनुपर्ने बताए । चीन, अमेरिका र भारत सबै मुलुकबाट सहायता लिएर मुलुकलाई विकास गरेर जानुको विकल्प नरहेको नेता रिजालले बताए ।
नेता रिजालले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई एमसीसी सम्झौता ल्याउने बेलामा सामेल हुने तर पारित गर्ने बेलामा अप्ठयारो पार्ने काम नगर्न आग्रह गरे ।
सम्बन्धित

प्रतिक्रिया