स्थानीय तह निर्वाचनमा जनस्वास्थ्यका विषयलाई राजनीतिक एजेन्डा बनाउनु पर्छ : तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आउँदै गरेको स्थानीय तहको निर्वाचनमा जनस्वास्थ्यका विषयलाई राजनीतिक एजेन्डा बनाउनुपर्ने बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा आज सम्पन्न ’कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक एक दिने अन्र्तक्रिया कार्यक्रममा उनले स्थानीय निर्वाचनमा जनताका घरदैलोमा भोट माग्न जाँदा राजनीतिक दलले जनस्वास्थ्यका विषयमा सचेतना जगाउने र आफ्नो योजना पेस गर्न सुझाव दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा आयोजित अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोरोना महामारी अहिले नियन्त्रण उन्मुख रहेको र स्वास्थ्य अनुशासन तथा कोरोना विरुद्धको खोप लगाएर यसलाई पराजित गर्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले सांसदहरुले कानुन निर्माणसँगै देशको आर्थिक विकास, समृद्धी र सुशासनमा केन्द्रित हुँदै जनताको पक्षमा काम गर्नुपर्ने बताए । अन्र्तक्रिया कार्यक्रममा कोभिड–१९ रोकथाम र खोप सम्बन्धी जोखिम सञ्चार र सामुदायिक सहभागिता सम्बन्धी स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनका विभिन्न स्वास्थ्य विशेषज्ञहको प्रस्तुती रहेको थियो ।


प्रतिक्रिया