जेलिन्स्किी रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी रुससँग वार्ता गर्न इच्छुक रहेको बताएका छन् । तर जेलिन्स्किीले वार्ताको लागि बेलारुसमा भने नबस्ने बताएका छन् ।
मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भू-भाग प्रयोग गर्दै आएको हुँदा त्यहाँ नबस्ने बताएको समाचारमा जनाइएको छ ।यसअघि बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका युक्रेनी राष्ट्रपति जेलेन्स्की युक्रेन–बेलारुसको सीमामा रहेको प्रि–प्याट नदी नजिक वर्ता गर्न तयार भएका हुन् ।
वार्ताको विषयमा युक्रेनी राष्ट्रपति जेलेन्स्की र बेलारुसी राष्ट्रपति लुकाशेन्कोबीच टेलिफोनमा कुराकानी भएको हो । बेलारुसी राष्ट्रपति लुकाशेन्कोले युक्रेनी प्रतिनिधिमण्डलको यात्रा, वार्ता र फर्कने क्रममा बेलारूसी भू-भागमा राखिएका सबै विमान, हेलिकप्टर र क्षेप्यास्त्रहरू जमिनमा रहने सुनिश्चित गर्ने जिम्मेवारी लिएका छन् ।
प्रतिक्रिया