सोमबार, वैशाख १५, २०८२

नोकरी र व्यापारमा सफलता पाउन यस्तो गर्नुस् !

नेपालखोज २०७८ फागुन १६ गते ६:४५

फाल्गुन कृष्ण चतुर्दशीमा पर्ने महाशिवरात्रिका दिन भक्तहरु भोलेनाथको पूजाका साथ व्रत पनि बस्छन् । विधि-विधानपूर्वक आराधना गर्दै महाशिवरात्रिका दिन गरिएको भगवान् शंकरको उपासनाबाट कैंयन् गुणा बढी फल मिल्छ भन्ने विश्वास गरिन्छ । यदि नोकरी, व्यापार तथा स्वास्थ्यमा सफलता चाहने हो भने महाशिवरात्रिमा केही उपाय अपनाउन सकिन्छ ।

नोकरीमा सफलताका लागि
महाशिवरात्रिका दिन भगवान् शिवको अभिषेक गर्नुपर्छ । अभिषेकका क्रममा ‘ओम नमः शिवाय’ को जप गरिरहनुपर्छ । भगवान् शिवजीलाई सेतो फूल अर्पित गरी नोकरीमा सफलताका लागि प्रार्थना गर्नुपर्छ ।

धन प्राप्तिका लागि
महाशिवरात्रिका दिन बिहान स्नान पछि सफा र चोखो पहिरन लगाउने । त्यसपछि पञ्चामृतले शिवलिंगको अभिषेक गर्ने । अन्त्यमा जलले अभिषेक गर्ने । जलार्पण पछि ‘ओम नमः पर्वतीपतये ‘ मन्त्र १०८ पटक जप गर्ने ।

उत्तम स्वास्थ्यका लागि
महाशिवरात्रिका दिन साँझ माटोको दीयोमा घिउ तथा कपुर हालेर बाल्ने । यसैगरि चार वटा पातको दियो पनि बाल्ने । यसका साथ जलमा दूध, मिश्री तथा अक्षेता मिसाएर शिवलिंगमा अर्पित गर्ने ।

विवाहका लागि
यदि विवाहमा कुनै किसिमको बाधा उत्पन्न भैरहेको छ भने महाशिवरात्रिका दिन पहेँलो वस्त्र लगाएरर शिव मन्दिरको दर्शन गर्ने । आफ्नो उमेर बराबरको संख्यामा बेलपत्र लिएर त्यसमा पहेँलो चन्दन दलेर शिवजीलाइ अर्पित गर्ने । प्रतेक बेलपत्र चढाउँदा ‘ओम नमः शिवाय’ को जप गर्नुपर्छ ।

प्रतिक्रिया