प्रचण्डको सचिवालयले भन्यो- विचार र विवेक पुर्याएर एमसीसी अनुमोदन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाबाट आइतबार ‘व्याख्यात्मक घोषणा’सहित एमसीसी पारित भएपश्चात बिकसित राजनीतिक घटनाक्रमका विषयमा प्रचण्डले आज सम्बोधन गर्न लागेका हुन् ।
प्रचण्डले अपराह्न ३ बजे आफ्नै निवास खुमलटारमा विशेष सम्बोधन गर्न लागेका हुन् । माओवादी केन्द्रको सचिवालयले अमेरिकी सहयोग परियोजना एमसीसी लगायत बिकसित राजनितिक घटनाक्रमबारे प्रचण्डले बिशेष सम्बोधन गर्ने जनाएको हो । प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको बताएकी छिन् ।
पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न नसिकने बताएकी हुन् । उनले भनिन्, ‘एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं ।’
धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उनको भनाई छ । उनले भनिन्, ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं । नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं।’

प्रतिक्रिया