रुसी आक्रमणको विरोधमा शान्ति समाजद्वारा काठमाडौंमा प्रदर्शन (तस्बिरसहित)

नेपालखोज २०७८ फागुन १६ गते १३:१६

काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोध गर्दै रुसलाई तत्काल युद्ध रोक्न आग्रह एवं युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवनरक्षाको आह्वानसहित मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाको आयोजनामा आज राजधानीमा प्रदर्शन भएको छ ।

काठमाडौंको बौद्धनाथअगाडि गरिएको प्रदर्शनमा शान्तिवादीहरुले रुसले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा हातमा कालोपट्टी बाँधेका थिए भने हातमा मैनबत्ती बोकेर युक्रेनी जनता तथा युक्रेनमा रहेका सबै मानिसको जीवनरक्षाका लागि आह्वान गरेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जनाएकी छन् ।

आधा घण्टा भएको प्रदर्शनमा, युक्रेनमाथि रुसको आक्रमण मानवताविरुद्धको अपराध हो, रुस : तत्काल युद्ध रोक, रुस : मानवताविरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवनरक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुस : तत्काल सैनिक फिर्ता गरि युद्ध रोक लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सल्लाहकारद्वय होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रामकृष्ण बराल, सचिव नम्रता खरेल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, अपिल समिति संयोजक बलबहादुर गाहा मगर, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा, किरण ढकाल र उमा गौतम, पूर्व कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, पुर्व केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, दुर्गा राना (लक्ष्मी) र यदु खतिवडा, काठमाण्डौ शाखा का.वा. सभापति भगवान पुडासैनी, पूर्व सभापति ईश्वर पुडासैनी, शाखा सचिव प्रमोद फुयाल, आजीवन सदस्यहरु रुपा गिरी, ईश्वर सापकोटा, जयराम पुडासैनी, विकास थापा, दिवाकर पुडासैनी, रोज विष्ट, रामचन्द्र पुडासैनी, सावित्री श्रेष्ठ, सानु लामा, बद्री पुडासैनी, नरेन्द्र श्रेष्ठ, श्रीराम चालिसे, सुप्रिया सापकोटा, जनप्रतिनिधिहरु काठमाडौं महानगरपालिका ६ का अध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका ६ का अध्यक्ष रमेश अर्याल, गोकर्णेश्वर नगरपालिका ८ का अध्यक्ष मनोज ढुंगाना, सामाजिक अभियन्ताहरु लोकेश ढकाल, विवेक लामा, रामहरि श्रेष्ठ, धर्म थिङ ब्लोन, केदार भट्टराई, नवराज अधिकारी, लेक कुमारी पुडासैनी, रेखा बस्नेत, भावना ठकुरीलगायतको सहभागिता थियो ।

यसैगरी रुसी आक्रमणको विरोध र तत्काल युद्ध रोक्न रुसलाई आग्रह गर्दै मानवअधिकार तथा शान्ति समाज मोरङ शाखाद्वारा फागुन १३ गते विराटनगरमा र दाङ शाखाद्वारा फागुन १५ गते तुलसीपुरमा प्रदर्शन गरिएको थियो । गत दुई सातामा युद्ध निषेध शान्ति विशेष अभियानअन्तर्गत शान्ति समाजले नेपालमा १० वटा प्रदर्शन गरिसकेको छ ।

प्रतिक्रिया