राष्ट्रपतिलाई सल्लाह दिन पन्त र ओली नियुक्त
नेपालखोज
२०७८ फागुन १६ गते १५:१९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा महेशराज पन्त (कामपा–१५) लाई इतिहास र पुरातत्त्व क्षेत्रमा सुझाव र सल्लाह दिने गरी विज्ञमा नियुक्त गरेकी छन् ।
त्यसैगरी उनले डा कृष्णप्रसाद ओली (कामपा–४) लाई वातावरणका क्षेत्रमा विज्ञमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।
सम्बन्धित

प्रतिक्रिया