शनिबार, वैशाख २२, २०८१

धर्म बनाम अध्यात्म

सुनील सापकोटा २०८० कार्तिक ३० गते ६:१७

एकजना मेरा बुद्धिजीवी मित्र हुनुहुन्छ । उहाँ ईश्वरको अस्तित्व कतै छैन भन्नेमा बिश्वास राख्नुहुन्छ । वहाँ ल्यल दभष्भिखबच हो। मेरो विचारमा उहाँ धार्मिक होइन तर आध्यात्मिक चाहिँ हो । धर्म र अध्यात्म फरक कुरा हुन भनेर कसैले कुनै लेखमा कतै लेखेको कुनैदिन कतै मैले पढेको थिए । मलाई पनि धर्म र अध्यात्म फरक कुरा हुन भन्ने नै लाग्यो । तर हाम्रो समाजमा प्रायः धार्मिक ब्यक्तीलाई आध्या त्मिक ब्यक्ती भन्ने चलन छ ।

सामान्य अर्थमा धर्म भनेको धारण हो । जे धारण गरिन्छ त्यो धर्म हो भनिन्छ । धर्ममा धर्मिक नियमहरु, रितिथिती धारण गरिन्छ । धर्म सामु दायिक हुन्छ । तर अध्यात्म ब्यक्तिक हुन्छ । धर्मले बाँध्ने काम गर्छ । समर्पण गराउछ भने अध्यात्मले एक्लो पार्छ । संयास दिलाउछ । धर्म सरल हुन्छ । अध्यात्म कठिन हुन्छ ।

धर्मले समुहको निर्माण गर्दछ । संगठन र नियामहरु बनाउछ । धर्म कहिलेकाही शक्ति, राजनिती, सत्ता र साधनको उपकरण बन्न सक्छ । येस्ले समाजमा द्वन्द, युद्ध, हिंसा पनि गराउन सक्छ । जबकि धर्मको बिपरित अध्यात्मको यात्रामा ब्यक्तीलाई शुन्य तर्फ लान्छ । निजि यात्रा तर्फ लान्छ । अध्यात्मले समुह र संगठनको त्याग गराउछ । ब्यक्तिमा एकाग्रता को निर्माण गर्छ । चैतन्य तत्वको खोज गर्न उद्दत गराउछ । निजताको सम्बन्ध ब्यक्तिको वृत्ति, संस्कार र चेतनालाई परिस्कृत गर्न संग रहेको हुन्छ ।

धर्मको मूल आधार इश्वर केन्द्रित छ । हाम्रो समाजमा साकार वा निराकार जे बिचार राख्ने ब्यक्ती भएपनी त्यो पूजाआजा, तिर्थव्रत, उपासना, काजकृया र उस्का पंथिक नियामहरुको पालना बाँधिएकै हुन्छ उस्ले जुन धर्म वा धार्मिक पंथ लिएको हो (वेद, बाइबल, कुरान आदि) लाई धेरथोर अनुसरण गर्दै सो बाटै निर्देशित हुन्छ वा त्यसलाई मानेकै हुन्छ ।

जबकी अध्यात्मले नयाँ नयाँ खोज गर्दछ । सच्चा आध्या त्मिक ब्यक्तिले इश्वर, मन्दिर, धार्मिक पुस्तक, पूजापाठ, काजकृया संग सरोकार राख्दैन । पुनर्जन्म, मुक्ति, मोक्ष, निर्वाणमा उस्को बिश्वास हुँदैन । आध्यात्मिक ब्यक्तिको उदेश्य ज्ञान प्राप्त गर्दै आफ्नो चेतना लाई परिस्कृत गर्नु हो । आत्म प्रकाश नै त्यस्ता ब्यक्तिको लक्ष हुन्छ ।

प्रतिक्रिया