प्रचण्डले भने- देश दुर्घटनाबाट जोगियो, अब चुनावतिर लाग्छौं
नेपालखोज
२०७८ फागुन १६ गते १५:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई दुर्घटनामा जानबाट जोगाउन एमसीसी अनुमोेदन गर्न सहमति जनाएको बताएका छन् । आज एमसीसीका बारेमा स्पष्टीकरण दिँदै अध्यक्ष दाहालले देशलाई दुर्घटनामा जानबाट जोगाउन सफल भएकोमा खुसी लागेको बताए ।
उनले आफूले एमसीसी हुबहु पारित नगर्न व्याख्यात्मक टिप्पणीको मार्ग प्रस्ताव गरेको पनि बताएका छन् । यस विषयलाई ठीक ढंगले ह्यान्डल गर्न नसक्दा शान्ति प्रक्रिया खतरामा पर्ने र संविधान नै खतरामा पर्न सक्ने देखेको दाबी गरे।
साथै उनले अहिले एमसीसीका बारेमा भएका सबै अन्यौलहरू सकिएको भन्दै अब निर्वाचनतिर गइने बताएका छन्।
सम्बन्धित

प्रतिक्रिया