चौबीस घण्टामा थपिए १८० संक्रमित, ४ सय डिस्चार्ज

नेपालखोज २०७८ फागुन १६ गते १५:५८

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ र ३ हजार १२३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६१ जना गरि कुल १८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ८ हजार २३५ मा झरेको हो ।

त्यस्तै, गत चौबीस घण्टामा थप ४ सय जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । हाल संक्रमण मुक्त हुने दर ९७ दशमलव ९ प्रतिशत पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९३६ पुगेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा देशभर १ थप ४१ हजार १२१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया