आइतबार, जेठ ५, २०८२

एनएमबिका ग्राहकलाई सोवा हेल्थकेयरमा विशेष सहुलियत

नेपालखोज २०७८ फागुन १६ गते १६:१५

काठमाडौं । एनएमबि बैंकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टर उपचारको लागि आउने बिरामी तथा तथा कर्मचारीलाई सहज होस् भन्ने उद्देश्यले द्विपक्षीय समझदारी गरेको छ । सोवा हेल्थकेयर सेन्टर ग्राहकमुखी स्वास्थ्य सेवामा अग्रणी पोलिक्लिनिक हो । उक्त समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा एनएमबि बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत दिने जानकारी गराइएको छ ।

उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहकहरु तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परिक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउनेछ । समझदारीपत्रमा एनएमबि बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख–रोशन रेग्मी र हेल्थकेयर सेन्टरका तर्फबाट निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरे । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धी थप जानकारी एनएमबि बैंकको वेवसाइटको एनएमबी भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।

बैंकले हाल देशभर २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया