सिद्धार्थ इन्स्योरेन्सबाट दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार सोलखुम्वु जिल्ला, स्थितखुम्बु पासाङ्ग ल्हामु गाउँपालिकामा रहेको पिस फुल लजमा २०७८ असोज दुई गते आगलागीबाट भएको क्षतिबापतको वीमा रकम दुई करोड ६० लाखको चेक प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले पिस फुल लजका सञ्चालक कुसाङ शेर्पालाई हस्तान्तरण गरेका हुुन् ।
२०७२ को भूकम्पवाट भएको क्षतिबापत समेत सल्लेरी र नाम्चे क्षेत्रका बिमितहरूलाई उल्लेख्य रकम दाबीबापत भुक्तानी भएको थियो । चालु आर्थिक वर्ष २०७८–७९ को हालसम्म कम्पनीले ६ हजार ९७ वटा दाबी फर्स्योट भई ७३ करोड ६६ लाख ९७ हजार तथा अग्रिम दाबीबापत विभिन्न दाबीकर्ताहरूलाई आठ करोड ५० लाख रुपैयाँ भुक्तानी गरी जम्मा ८२ करोड १६ लाख ९७ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
कम्पनीका अनुसार फर्स्योट गर्न बाँकी दाबीको संख्या तीन हजार आठ सय ४१ (कोरोना दाबीबाहेक) रहेको र सो बापत भुक्तानी गर्नुपर्ने रकम एक अर्ब ४१ करोड ४३ लाख ६४ हजार रहेको छ । छिटो छरितो दाबी फर्स्योट गर्ने कम्पनीको लक्ष्यअनुरूप बाँकी रहेका दाबी यथाशीघ्र फर्स्योट गरी दाबी रकम भुक्तानी गर्न कम्पनी क्रियाशील रहेको हँुदा बिमा दाबी गर्ने सम्पूर्ण बिमितले दाबीसँग सम्बन्धित कागजात सर्भेयर वा कम्पनीमा बुझाइ दाबी फर्स्योटमा सहयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया