ओपोद्वारा आफ्ना नवीनतम उपलब्धि अनावरण

काठमाडौं । बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा, ओपोले २०२१ ओपो सस्टेनेबिलिटी रिपोर्ट अनावरण गरेको छ । यस मार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरण मैत्री अवधारणाहरु एकिकृत गर्दै कम्पनीका उपलब्धिहरुको विवरण दिँदै ओपोले आफ्नो ब्राण्ड मिशन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ लाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त “३आर+१डी” सस्टेनेवल प्याकेजिङ सिद्धान्तहरुको पालना गर्न ओपो प्रतिबद्ध छ । यस अन्तर्गत प्याकेजिंगका लागि लाग्ने वजनमा न्यूनिकरण, रिसाइकल्ड सामग्रीको पूणः प्रयोग तथा आफ्नो प्याकेजिङका लागि रिसाइक्लेवल तथा बायोडिग्रेडेवल सामग्रीको प्रयोगलाई कम्पनीले प्रोत्साहन गर्दै निरन्तर्ता दिई रहेको छ । सन् २०२१ मा युरोपेली बजारबाट सुरुवात गर्दै ओपोले सन् २०१९ लेभल१का तुलनामा आफ्ना स्मार्टफोन उत्पादनका लागि प्याकेजिङमा प्रयोग हुने सामग्रीको मात्रामा २४% कटौती ल्याउन सफल भएको छ । यसमा पनि करिव ४५% प्याकेजिङका लागि रिसाइकल्ड फाइबरको प्रयोग गरिएको थियो । त्यसैगरी, सन् २०१९देखि स्मार्टफोनको प्याकेजिङका लागि प्रयोग हुने समग्र प्लास्टिकमा ९५%ले कटौती ल्याउन ओपो सफल भएको छ ।
उत्पादनको टिकाउपना बढाउने उद्देश्यका साथ ब्याट्रीको आयू लम्ब्याउन ओपोले स्व–विकसित ब्याट्री हेल्थ ईञ्जिन सार्वजनिक गरेको छ । यस नवप्रबर्तनात्मक प्रविधि मार्फत ब्याट्रीको क्षमता १६०० चार्जिङ तथा डिस्चार्जिङ साइकल पश्चात पनि ८०%को हाराहारी उच्च बिन्दुमा कायम राख्न सकिन्छ ।

स्थानिय तथा अन्तर्राष्ट्रिय बजारमा मोबाइल फोनको रिसाइक्लिङ तथा पूणः प्रयोग प्रबद्र्धन गर्न ट्रेड–इन सेवाका लागि ओपोले प्रडक्ट रिसाइक्लिङ प्रणालीको स्थापना गरिसकेको छ । यस योजना अन्तर्गत आजका मिति सम्म आइ पुग्दा चीनमा मात्रै १.२ मिलियन फोन्स रिसाइकल्ड गरिसकिएको छ । यो भनेको विद्युतिय रद्दि अन्तर्गत २१६ टन भन्दा बढी हो ।








प्रतिक्रिया