पत्रकार सम्मेलनमार्फत एमसीसीबारे माधव नेपालले धारणा सार्वजनिक गर्ने

नेपालखोज २०७८ फागुन १७ गते १२:३०

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो २ बजे बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ । खासगरी प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछिको राजनीतिक परिस्थितिबारे र एमसीसी अनुमोदन गर्नुको कारणबारे अध्यक्ष नेपालले आफ्नो धारणा राख्ने जनाइएको छ ।

सत्ता गठबन्धनकाे दल नेपाली कांग्रेस र नेकपा मा‌ओवादी केन्द्रले पत्रकार सम्मेलनमार्फत एमसीसीबारे धारणा सार्वजनिक गरिसके । प्रतिपक्ष नेकपा एमालेले पनि आज नै पत्रकार सम्मेलनमार्फत गर्दै छ ।

प्रतिक्रिया