आइतबार, वैशाख २८, २०८२

नेकोस सुदूरपश्चिममा चन्दको अध्यक्षतामा ४९ सदस्यीय सर्वसम्मत नेतृत्व

नेपालखोज २०७८ फागुन १७ गते १३:२३

काठमाडौं । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम कमिटीको अध्यक्षमा प्रकाशकुमार चन्द निर्वाचित भएका छन् । धनगढीमा सोमबार प्रथम अधिवेशनमा चन्दको अध्यक्षतामा ४९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको हो।

कराँतेका अन्र्तराष्ट्रिय खेलाडी, प्रशिक्षक एवं निर्णायकको रुपमा राम्रो छवि बनाएका चन्द नेपाल राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी संघ कैलालीको पूर्व अध्यक्ष र राष्ट्रिय गोजुरीयो कराँते संघका महासचिव समेत भएर काम गरेका थिए । बक्सिङ र भलिबलको राष्ट्रिय खेलाडी कोपीला सिंह शाही उपाध्यक्षमा निर्वाचित भएकी छिन् ।

त्यस्तै अर्का भलिबल खेलाडी हिक्मत रावल उपाध्यक्षमा निर्वाचित भएका छन् । सुदुरपश्चिम प्रदेश खेलकुद परिषदका बोर्ड सदस्य समेत रहेका कराँतेका प्रकाश विक सचिव चयन भए । क्रिकेट खेलाडी सुरेश बोहरा तथा भलिबल खेलाडी कृष्ण रोकाया उपसचिवमा निर्वाचित भए ।

ब्याडमिन्टनको राष्ट्रिय खेलाडी एवं निर्णायक दुर्गा भण्डारी कोषाध्यक्षमा निर्वाचित भएकी छिन् । नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराए ।

नेकपा एमालेका सचिव लेखराज भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राष्ट्रिय महिला भलिबल टिमका प्रमुख प्रशिक्षक जगदीश भट्ट एवं एथलेटिक्सका तेजेन्द्र थापालाई नगदसहित सम्मान गरिएको थियो । सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका प्रतिनिधिको सहभागीता रहेको अधिवेशनमा उसुका खेलाडीले खेल कौशल प्रस्तुत गरेका थिए ।

नेकोस सुदुरपश्चिम प्रदेश कमिटी

१.अध्यक्ष प्रकाशकुमार चन्द
२.उपाध्यक्ष : कोपिला सिंह शाही
३.उपाध्यक्ष : हिक्मत रावल
४.सचिव : प्रकाश विक
५.उपसचिव : सुरेश बोहरा
६.उपसचिव : कृष्ण रोकाया
७.कोषाध्यक्ष : दुर्गा शर्मा

सदस्यहरु
८. मिना जोशी
९. राजन खड्का
१०. टेकराज सोडारी
११. अरुण भण्डारी
१२. विनोद मगर
१३‍. दिपक विनाडी
१४. भुवनेश्वर भट्ट
१५. सुरेन्द विष्ट
१६. रामचन्द्र कठरीया
१७. हेमकृष्ण रञ्जितकार
१८. प्रेम विष्ट
१९. सागर शाह
२०. दिलबहादुर ठगुन्ना
२१. लक्ष्मण थापा
२२. सुनिल कार्की
२३. दिपेन्द्र सिंह
२४. सन्तराम डगौरा थुरु
२५. विनोद कुमार स्नेही
२६. किशोर भट्ट
२७. भरत महत
२८. टेक बहादुर बुढा
२९. टेकराज खनाल
३०. विशाल खड्का
३१. विष्णु ओझा
३२. कमल सिंह क्षेत्री बुढा
३३. सरिता साउद
३४. धन बहादुर रोक्का
३५. नैना बोहरा
३६. प्रताप विक
३७. दिपेन्द्र धामी
३८. प्रेम कार्की
३९. चित्र भट्ट
४०. पुष्कर भट्ट
४१. सुनिल नेपाली
४२. निर्प केसी
४३. महेन्द्र वयक
४४‍. मुकेश कुँवर
४५. नरेश बोगटी
४६. कृष्ण बोहरा
४७. डम्बर कुँवर
४८. कृष्ण दमाई
४९. दानबहादुर भाट

प्रतिक्रिया