कर्पोरेट बिच क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाई

नेपालखोज २०७८ फागुन १७ गते १३:०८

काठमाडौं । माछापुच्छ्रे बैंकले एनइभेन्टले आयोजना गरेको कर्पोरेट बिच क्रिकेट २०७८ को उपाधि जितेको छ । त्रिशूलीको रिभरसाइड स्प्रिङ रिसोर्टमा भएको प्रतियोगितामा ८ कर्पोरेट टिमको सहभागिता थियो । कर्पोरेट बिच क्रिकेटको फाइनल खेलमा माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ९४ रनले हराएको हो ।

फाइनल खेलमा १२० रनको लक्ष्य दिएको माछापुच्छ्रे बैंकले सनराइजलाई जम्मा २६ रनमा अल आउट गर्दै प्रतियोगिताको उपाधि जितेको हो । माछापुच्छ्रे बैंकले नियमित कामको अतिरिक्त कर्मचारीहरूको इच्छाअनुसार अन्य क्रियाकलापहरूमा संलग्न गराई उनीहरूको वृत्ति विकासमा ध्यान दिँदै आएको छ ।

बैंकको विस्तारित व्यवसाय, स्तरीय सक्षम व्यवस्थापन, कर्मचारीहरूको आकर्षक पारिश्रमिक, सुविधा, काम गर्ने मैत्रीपूर्ण वातावरणलगायत मुख्य मापदण्डका तत्त्वहरूले गर्दा माछापुच्छ्रे बैंक बैंकिङ क्षेत्रमा अव्वल, आकर्षक साथै अनुपालन बैंकका रुपमा समेत स्थापित बैंक मानिन्छ । बैंकले नेपाल राज्यभर उच्च सेवा सुविधाका साथ हाल १६३ शाखा, ६ एक्स्टेन्सन काउन्टर, २०० एटीएम र १५७ शाखारहित बैंकिङ सुविधामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । १५ सयभन्दा बढी कर्मचारीहरूलाई रोजगारी प्रदान गरिरहेको छ ।

प्रतिक्रिया