पशुपतिमा रहेको पुलको पर्खाल भत्किँदा दुई जना घाइते
नेपालखोज
२०७८ फागुन १८ गते ८:२६

काठमाडौं । पशुपति मन्दिरबाट श्लेष्मान्तक वन जाने बाटोमा रहेको पुलको पर्खाल भत्किएको छ । वाग्मती नदीमा रहेको पुलको पर्खाल भत्किँदा दुई जना घाइते भएका छन् ।
मंगलबार महाशिवरात्रिमा पूजाका लागि पाशुपत क्षेत्र पुगेका भक्तजनहरूको अत्यधिक भारका कारण इँटाको पर्खाल भत्किएको हो । घाइतेमध्ये एक सुदूरपश्चिमका गोविन्द भट्ट रहेको प्रहरीले जनाएको छ । अर्का एक जना अझै अर्धचेत अवस्थामा छन् ।
सम्बन्धित

प्रतिक्रिया