नारायणकाजीलाई विप्लवले भने- प्रचण्डको अस्तित्व समाप्त भएकाले एक होऔं

काठमाडाैं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ भेटवार्तामा जुटेका छन् । नारायणकाजीलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवासमा विप्लव पुगेका छन् ।
एमसीसीमा फरक मत राखेका नारायणकाजी र विप्लवको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेको समय दुई नेताबीच भएको भेटवार्तालाई चासोका साथ हेरिएको छ । एमसीसीलाई लिएर अन्तिम समयमा प्रचण्डले यू टर्न लिएपछि नारायणकाजी प्रचण्डसँग रुष्ट छन् ।
विप्लव र नारायणकाजी नै एमसीसीको विपक्षमा रहेका छन् । उनीहरु नयाँ कम्युनिष्ट पार्टीलाई एक भएर अगाडि बढाउन चाहेको बताइएको छ । विप्लवले एकै पार्टीबाट राजनीति गर्नुपर्ने भनेर नारायणकाजीलाई अनुरोध गरेका थिए । उनले प्रचण्डको अस्तित्व नेपाली जनतामा खस्केको र त्यसका लागि आफूहरुले नेतृत्व लिनुपर्ने बताएका थिए । उनले एमसीसी विरोधी पार्टी एक भएर अघि बढ्नुपर्ने नारायणकाजीलाई बताए ।
नारायणकाजीले भने अन्य नेतासँग छलफल गरेर अगाडि बढ्ने बताएका थिए । नारायणकाजीले अहिले नै पार्टी छाड्नेबारे नसाेचेको समेत बताए । उनले आफूहरुको सम्मान माओवादीमा नभए एक हुने वाचा विप्लवलाई दिएका छन् । नारायणकाजीले आफू निकट नेतासँग छलफल गरेर अगाडि बढ्ने बताए ।
एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच कुरा नमिलेपछि नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने भएका छन् । प्रचण्ड नारायणकाजीलाई पार्टीमा नै राख्न चाहान्छन् ।

प्रतिक्रिया