राप्रपाको केन्द्रीय पदाधिकारी बैठक जारी, लगत्तै केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपालखोज २०७८ फागुन १८ गते १३:२३

काठमाडाैं । केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा राप्रपाको केन्द्रीय पदाधिकारी बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ । बैठकले केन्द्रीय समिति बैठकमा पेस हुने प्रतिवेदनलाई स्विकृति प्रदान गर्ने जनाइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक लगत्तै बस्दैछ । धुम्बाराही स्थित एसआर बैङ्क्वेटमा बैठक बस्ने भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, स्थानीय तह निर्वाचन र भावी कार्यदिशाबारे छलफल हुनेछ ।

आजको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक, उपाध्यक्ष तथा सचिवालय प्रमुख हेमजंग गुरुङले सचिवालयको प्रतिवेदन, महामन्त्री तथा स्थानीय तहको निर्वाचन परिचालन समितिका संयोजक भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । बैठक भोलिसम्म चल्ने राप्रपाका प्रवक्ता मोहन ।

प्रतिक्रिया