सोमबार, असार २३, २०८२

भारतमा कोरोना संक्रमणदर घट्यो, चौबीस घण्टामा थपिए साढे सात हजार संक्रमित

नेपालखोज २०७८ फागुन १८ गते १५:४७

दिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा सात हजार ५५४ नयाँ सङ्क्रमित भएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमितको कूल संख्या चार करोड २९ लाख ३८ हजार ५९९ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सोही अवधिमा २२३ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । कोरोना शुरु भएबाट हालसम्म भारतमा कोरोनाबाट पाँच लाख १४ हजार २४६ जनाको मृत्यु भएको जनाइएको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८५ हजार ६८० रहेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गत २४ घण्टामा १४ हजार १२३ जना कोरोना भाइरस सङ्क्रमण मुक्त भएका छन् ।

भारतमा कोरोना शुरु भएबाट हालसम्म चार करोड २३ लाख ३८ हजार ६७३ जना कोरोना मुक्त भएका समाचारमा जनाइएको छ ।

प्रतिक्रिया