सिटिजन लाइफले डाक्यो साधारणसभा, आईपीओ जारी गर्ने घोषणा
नेपालखोज
२०७८ फागुन १९ गते १६:०६

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले साधारण सेयर (आईपीओ) जारी गर्ने घोषणा गरेको छ । कम्पनीले आफ्नो १४औं वार्षिक साधारणसभा बोलाउँदै सर्वसाधारणमा सेयर जारी गर्ने घोषणा गरेको हो ।
कम्पनीले साधारणसभा यही चैत ११ गते काठमाडौंको छायादेवी कम्प्लेक्समा बोलाएको छ । साधारणसभामा प्रस्तावमा कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने पेस हुने उल्लेख छ । सभाले प्रस्ताव पास गरेपछि कम्पनीले आईपीओ जारीको प्रक्रिया अघि बढाउनेछ ।
सभालेसञ्चालक समितिको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै लेखापरीक्षकको प्रतिवेदनसहितको आव ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, आय-व्यय हिसाब, इक्युटीमा भएको परिवर्तनसम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरुसहितको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ ।
सम्बन्धित

प्रतिक्रिया