‘प्रेम दुईवटा अवस्थामा दुई अलग प्रक्रियाले प्राप्त हुन्छ’

एलपी भानु शर्मा २०७८ फागुन २० गते ९:१५

अबको भविष्य त्यो व्यक्तिको होइन जोसँग अरुको तुलनामा बढी धन छ, भविष्य त त्यो व्यक्तिको हुनेछ जोसँग अरूको तुलनामा बढी ‘विवेक’ वा ‘प्रयोगात्मक ज्ञान’ छ ! यति बुझे जीवनमा उज्यालो नै उज्यालो ।

के गर्ने (Domain of Action) मेरो हातमा छ, के हुने (Domain of Being) मेरो हातमा छैन ।

धन आर्जन आफ्नो सोच र कर्मको क्षमतामा निर्भर गर्छ । त्यसकारणले, उच्च सोच र त्यति नै उच्च कर्मको संकल्प जगाउनु नै लक्ष्मीपूजाको तयारी गर्नु हो ।

जीवन – बच्चाबच्चीले भाडाकुटी खेले जस्तै हुँदै गयो भने सुधारतिर लागेछ । हुर्केबढेकाले जुवा खेले जस्तै हुँदै गयो भने बिगारतिर लागेछ ।

नया युगको नया रहस्य :
अरू जान !
अरू गर !!
अरू बन !!!

जीवनको एक मात्र साध्य स्थिति ध्यान वा दिव्य प्रेम हो, कुनै भौतिक वस्तु या व्यक्ति होइन ।

प्रेम दुईटा अवस्थामा दुई अलग प्रक्रियाले प्राप्त हुन्छ – सुखमा सेवाबाट र दुखमा त्यागबाट । यि दुई बाहेक तेश्रो अवस्था छैन, र दिव्य प्रेम प्राप्त गर्ने अर्को साधन पनि छैन ।

प्रतिक्रिया