‘प्रचण्डको जिब्रो चिप्लिने रोग नै हो’

हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्विरोधलाई लिएर विभिन्न सञ्चारमाध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु ।अध्यक्ष क. प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भइरहेको छ ।
नारायणकाजी श्रेष्ठ
प्रतिक्रियाहरु :
कम्युनिस्टहरूले आफ्नै टुटफुट बाट कहिल्यै पाठ सिक्दैन रहेछन । विगतमा कम्युनिस्टहरु टुटफुटको कारण को के भयो ? प्रचण्डलाई देखाइदिन्छु भन्दा कसको के अवस्था छ सबै छर्लङ्ग छ । सबैको सद्बुद्धि पलाओस् ।
डोलु आले मगर
आफ्नै घर लिपपोत र टालटुल गरौ मजबुत बनाऔ । नयाँ घर निकै महँगो पर्नसक्छ ।
भगिरथ अधिकारी
हामी ढुक्क छौं महान् कमरेडहरुप्रति, जुटेर आगाडि बढ्ने छौं ।
रिया क्षेत्री
…बरु अब नेपाल कम्युनिस्ट पार्टी, गोरखा भन्ने ‘नयाँ पार्टी’ खोलौं दाइ ।
विनोद श्रेष्ठ क्रान्ति
पार्टी फुटाउनु हुँदैन कमरेड तर पार्टीभित्र मौलाउँदै गएको गलत प्रवृत्तिसँग लडनुपर्यो ।
भीम दाहाल
प्रचण्डको जिब्रो चिप्लिने रोग नै हो । मनका सफा छन । तुरुन्तै आत्माआलोचना पनि गरि हाल्छन । पत्रकार सम्मेलनमा तपाईं लक्षित कुरालाई लिएर मन दुखाउनु पर्ने छैन ।
किन्दर राई
पार्टी सामुहिक निर्णयमा चलाउने गरौ सानो सानो कुरामा ठुस्किएर धम्काउने काम कसैले नगरौ ।
अमरसिंह धामी
फुटेर होइन जुटेर अघि बढ्नुपर्छ कमरेड, जति अन्तर बिरोध भएपनि एउटै पार्टीमा रहि सत्ता चलाउने काङ्ग्रेस बाट केही सिक्नुस, हामी कमजोर भएर नै हो अरु पार्टीले पेलेर बाध्यात्मक स्थितिमा पुर्याएको, फुटेको कम्युनिस्ट सबै जुटेर देशकै ठुलो पार्टी र ठुलो दल बन्नुअनि मात्रै हामीले भनेको जस्तो गर्न सकिन्छ ।
वीरबहादुर तामाङ
कृपया अन्तरसंघर्षमा बस्नुस अध्यक्ष पछिको वरिष्ठ उपाध्यक्ष तपाईं नै हो । फुटदा फुट्दा एक बिघाको पाटो सानो सिर्को फोकटो जस्तो भैसक्यो । बरु जोड्ने काम गर्नुस फोड्ने काम नगर्नु हुन हार्दिक अनुरोध छ ।
सुरेन्द्र बम्जन
जीवनभरि नेताकै तमासा, पद र प्रतिष्ठाको चिन्ता, देश र जनताका सवालमा हुन्छ कहिल्यै छलफल ? मुलुकमारा किर्णाहरुको बकबक कति सुन्नु ?
गुरु भट्टराई
अन्ततः चिसै पानीले नुहाउने पक्का भएछ, कमरेड यहि बुझियो ।
कमल कार्की
पार्टीलाइ बलियो र एक ढिक्का पार्नुस.. अब पनि माओवादी फुट्यो भने सकियो .. ।
बाबु किरण
एउटा रोए जस्तो गर्नु अर्कोले फकाए जस्तो गर्नु एउटाले आत्मालोचना गर्नु अर्कोले क्षमादान गर्नु कुरो मिलिहाल्छ नि । अनि जिउदो पार्टीमा बहस र मतभेद भैहाल्छ नि भनेर कार्यकर्ता लाइ तालि ठोक्न लाउनु ।
तुलसीप्रसाद शर्मा
एकता नै बल हो मिल्नुस । जाबो एउटा प्रोजेक्ट को कारण फुट्नु लाजमर्दो कुरा हो ।
गन्नु लम्साल
माओवादी केन्द्र कामै नलाग्ने गरि भुत्ते भएको छ तपाईंहरु को अर्चाप्ने अर्थात धार लगाउने अभियानले सफलता प्राप्त गरोस् ।
हरिहर शर्मा
माओवादी बाट फुटेर गएकोहरुको इतिहास राम्रो छैन? त्यसैले मिलेर अगाडि बढाउनु होला !
भरत घिमिरे
यसरी प्रचण्डको दास बनेर के राजनीति गर्छौं यार काजी ।
दीपक अर्याल
राष्ट्रवादको नारा रट्न छोड , देश बिकास तिर लाग , एमसिसि देशको हितमा छ ।
सम्झना थापा
पार्टीभित्रको कुरा पार्टी मै छलफल अनि लडाई गरौ..१०-२० जनाको टाउको फुटेर केही हुन्न,तर पार्टी फोर्ने काम नगर ।
सुमन शिवाकोटी
पार्टी किन फुटाउन पर्यो ? सङ्गै बसेपछि अलि अलि मनमुटाव भइहाल्छ । मिल्ने कुरा गरौं ।
केदारनाथ घले
प्रचन्डले झारफुक गरिसकेछन !!
टीपी खरेल
नारायण काजि कमरेड पार्टी भित्र बेकारको किचलो गर्न बन्द गर्नुस । अहिलेको परिस्थितिमा पार्टी नेतृत्वले गरेको निर्णय सहि छ । अध्यक्ष कमरेडलाई सहयोग गर्नुस र ओलिको भन्डाफोर गरौं ।
माओवादी केन्द्र हाकु रसुवा
पार्टी छाडेर भीम रावलसँग मिलेर अर्को पार्टी खोल केटा , बिप्लब लाइ पनि साथमा लेउ । राष्ट्रघाती संग के बस्छौ ? तिमी त राष्ट्रबादि हो नी ?
भीम जोशी
लास्टमा चिसै पानीले नुहाउने त हो नी ।
भरत तामाङ
कुरा मिलाउनुस कमरेड , १/२ मन्त्री र १/२ जना आसेपासेलाइ पदाधिकारी भर्ती गरेर ।
रमेश न्यौपाने
तपाई हिंसात्मक आन्दोलन(जनयुद्ध) , बिद्रोह गरेर आउनु भएको हैन, त्यसकारण तपाईसॅग पार्टीमा बिद्रोह गर्ने ॲाट छैन, गर्नुहुन्न ।
अहिलेलाई यति बुझे मैले ।
प्रेम घिमिरे
जनयुद्ध नलडि माओवादीमा माथिल्लो पदमा पुग्या बारम्बार मन्त्री पद पड्काएका चुनावमा हारेपनि संसद हुन चोरबाटोबाट छिर्या कहिले पनि कार्यकर्ता बिचमा नगएका न पाटीलाइ अघि बढाउन मेहनत गरेका सधैं प्रचण्डसग बार्गेनिङ गर्दै खान पल्किएका नारायण काजिले माओवादी छोड्छन जस्तो चाहि मलाई लाग्दैन ।
बिस्नु चौलागाईं
नारायण काजी माओवादी बाट हट्नु प्रचण्डको साडेसातको ग्रह कटेको जति नै हो , गए हुन्छ ।
प्लस माइनस लामा
पार्टी फुटाउनेको भविस्य छैन भन्दै नारायणकाजी श्रेष्ठलाइ धम्क्याउने प्रचण्डले अनि एमाले फुटाउने माधव नेपालको भविस्य चाहि कसरी देखेछन!? कस्तो चिन्तन बिचार बोली कति झुट ?
दुर्गादत्त पौडेल
कम्युनिस्ट पार्टी फुटेर गएकाले अहिलेसम्म केही माखो मारेको देखिदैन ।अब फुटेर के हाँसील हुन्छ के एमसिसि फिर्ता हुन्छ हुदैन अनि तमासा मात्रै किन देखाउनु ।कम्युनिस्ट को लगभग ५० टुक्रा पार्टी होलान् तर माखो केही मार्दैनन् ।केही मतभेद हुने बित्तिकै नयाँ दोकान खोलिहाल्ने कस्ता क्रान्तिकारी हुन??पार्टी एक ढिक्का चै काँग्रेस मात्रै देखियो ।टाउको फुटाउने देखि खुट्टा भाँच्ने सम्म गर्छन् तर काँग्रेस पार्टी फुट्ने कुरै गर्दैन ।अब यसैगरी कम्युनिस्ट फुट्ने हो भने कम्युनिस्टले देश बनाउँछन् भन्नू र गोरु ब्याउँछ भन्नु एउटै होला जस्तो छ ।
गौतम नारायण
तिम्रो हुती छैन नाक बजाउन भन्दा दोस्रो तिमी केही गर्न सक्दैनौं भन्ने कुरा हामी लाई प्रष्ट था छ नी कुन पद देखि रछौ यही बेला हो धम्क्याएर लिने भनेर चाल पाएर नी तिम्रो दुई दिनको रुवाबासी हो तिमी माओबादी छोडेर १००% हिन्दैनौं त्यसमा हामी ढुक्क छौ ।
रमेश निरौला
प्रचण्डले ब्यक्तिबादी मनोमानी रोक्ने भए एकता मा जोड दिउँ, नत्र यात्रा भिन्न गरौं कमरेड ।
अर्जुन थापा
तपाईं हुतियारा नै हो , प्रचण्डको यस म्यान बाहेक ,अरु तिम्रो हैसियत नै छैन , पार्टीबाट निस्केर जा ,,,, भन्दा पनि अझै दो-धारमा ?
नारायण पोखरेल
कमल थापा जस्तो हिम्मतिलो काजी तपाई पर्नू भएन ।
काजी हुन त कमल थापा जस्तो । भ्याट्ट पाटी फ़ोर्ने अध्यक्ष पड्काउने ।
उत्तम थापा
हजुर ले बिहे नगरेर हो सबैले हेप्न खोजेका , बिहे गर्नु काका अब ।
चन्दा स्त्री
नाम चै प्रकाश
अब लिए हुन्छ राजनीति बाट संन्यास ।
सुनील चापागाईं
अपमान सहेर बस्नु हुदैन कमरेट !
मोदनाथ न्यौपाने
छोडेर जा भन्दा’नि टाँसिएर बस्न उपयुक्त नहोला ।
रमेश भण्डारी
खै तपाईंहरुको नैतिकता पनि माटोमै मिल्ला जस्तो छ ! मिडियामा गयो करायो फेरि हिस्स बुढी खिस्स दाँत !
लोकेन्द्र यात्री
बिद्रोह गर्ने कि बार्गेनिङ कमरेड ?
जेपी मोक्तान
बार्गेनिङको तपाईंको तरिका गजबको छ ।
खिमानन्द कँडेल
बा सग रिसाएर २ दिन भात नखानु ठिकै हो तर गोजीमा सुको नभइ घर छाड्ने कुरा पटक्कै ठिक हुदैन ।
नारायण ढकाल
न माओवादीमा बसेर केही गर्नुहुन्छ न त फुटाएर नै । भीरको ढुङ्गो उही टुङ्गो ।
रवीन्द्र काफ्ले
म अध्यक्ष भएको भए भोलिको केन्द्रिय समितिको बैठकबाट साधारण सदस्य समेत नरहने गरि तपाईलाई पार्टीबाट निष्कासन गरिदिन्थे ।
रवि खत्री
हिम्मत छ र पार्टी फुटाउन सक्ने ?
कमल साउद
बिहे गरेर घरमै बस्नू ,अब राजनिती नफाप्ला झै देखियो काका ।
आरसी नेपाल
निस्की भन्दा पनि बसिरहनु त नैतिकताले नदिनु पर्ने हो ।
भण्डारी
नारायणकाजी के पार्टी भित्र बिद्रोह गर्नेकुरा हासो लाग्ने कुरा हो प्रचण्ड को एस म्यान हो तपाईं ।
सरोज शर्मा वली
बार्गेनिङ छोड्नु हुन्न उस्तै परे महासचिव पदको माग राख्नुहोस् काजी साहव ।
भुपेन्द्र शाह ठकुरी

प्रतिक्रिया