सरकारलाई रावलको प्रश्न- अमेरिकाले एमसीसीबारे व्याख्यात्मक घोषणा कहिले स्वीकार्यो ?

काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहायता परियोजना एमसीसीमा सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार नगरेको बताएका छन् । उनले आज सामाजिक सन्जालमार्फत अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताए ।
नेपाली जनतालाई ठग्ने दुष्प्रयास नगर्न रावलको सरकारसँग आग्रह छ । उनले १२बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्यो भनेर नेपाली जनतालाई ठग्ने दुष्प्रयास भइरहेको बताएका हुन् । उनले सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा नगरेसम्म स्वीकारेको नठहरिने स्पष्ट पारे ।
उनले स्वीकारेको घोषणा अमेरिकाले गर्नुपर्ने बताए । उनले भने, ‘सरकारको १२बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो । जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन तबसम्म स्वीकारेको ठहर्दैन । नेपाली जनतालाई ठग्ने दुस्प्रयास नहोस् ।’

प्रतिक्रिया