शुक्रबार, वैशाख २६, २०८२

आईसीसी पुरुष विश्वकप ‘लिग टु’ का लागि नेपाली टोलीको घोषणा

नेपालखोज २०७८ फागुन २० गते १३:३५

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट ‘लिग टु’ अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो। युएई जानु अघि नेपाली टोलीले श्रीलंकामा एक साता बढी तयारी गर्नेछन् ।

श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन् । नेपाली टोली मार्च ५ मा श्रीलंका जाने छन् । श्रीलंकाबाटै मार्च १४ मा नेपाली टोली युएई प्रस्थान गर्ने छन् । नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

प्रतिक्रिया