एन्फा लिग संयोजकबाट विज्ञानराज शर्माले दिए राजीनामा

काठमाडों । एन्फा लिग कमिटीको संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिएका छन्। नेपाल सुपर लिगको फ्रेन्चाइज टिम काठमाडौं रेजर्सका निर्देशक रहेका शर्माले लिग कमिटीको संयोजकबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनले एन्फा लिगका महासचिवलाई राजीनामा पत्र पनि बुझाएका छन् ।
उनले लिग कमिटीको संयोजक र काठमाडौं रेजर्सको निर्देशक एकैपटक हुँदा अप्ठ्यारा आउन सक्ने तथा दोहोरो जिम्मेवारीले नैतिकताको प्रश्न जोडिने भएकाले राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन्।
‘लिग कमिटीको संयोजक र काठमाडौं रेजर्स फुटबल क्बलको डाइरेक्टरको रुपमा सँगसँगै काम गर्दा कतिपय अप्ठायारा आउनसक्ने तथा दोहोरो जिम्मेवारीले कतिपय नैतिकताका प्रश्नहरु पनि जोडिन जाने भएकाले आजको मितिदेखि राजीनामा पेस गरेको छ,’ उनले राजीनामा पत्रमा भनेका छन् ।
कर्माछिरिङ शेर्पाले अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा जितेपछि साढे तीन वर्षअघि शर्माले लिग कमिटीको संयोजकको जिम्मेवारी पाएका थिए।

प्रतिक्रिया