सोपानका ६ औषधि सार्वजनिक

काठमाडौं । सोपानले ६ औषधि बजारमा ल्याएको छ । माइजिथ, मन्ट्रिन, एलर्ज, सिप्राइट, अनमिट र एनियुर एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
माइजिथ व्याक्टेरियल इन्फेक्सनका लागि हो भने मन्ट्रिनले दम र एलजीएका लागि काम गर्छ । त्यस्तै एलर्जले एलर्जी, सिप्राइटले एलर्जी र भोक, अनमिटले वान्ता र एनियुर ले भिटामिन बी को कमीमा काम गर्छ । स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र कम्पनीका अध्यक्ष इञ्जिनियर रामेश्वर रिजाल लगायतले औषधिहरु कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा डा. कोइरालाले कम्पनीलाई गुणस्तरीय उत्पादन गरी चिकित्सक र बिरामीको मन जित्न सुझाव दिए । कम्पनीका अध्यक्ष रिजालले गुणस्तरीय उत्पादनका लागि प्रतिवद्धता व्यक्त गरे ।

सोपान मल्टिपल कम्पनी एउटा इन्भेस्टमेन्ट कम्पनी हो । यस कम्पनीले शिक्षा, स्वास्थ्य र उर्जा क्षेत्रमा विगत तेह्र वर्ष देखि लगानी गर्दै आइरहेकोमा हाल औषधि क्षेत्रमा लगानी गर्ने क्रममा सोपान फर्मास्यूटिकल्स लिमिटेड मार्फत १ अर्ब २७ करोड रुपैयाँ लगानी गरेको छ ।
प्रतिक्रिया