शनिबार, वैशाख २२, २०८१

म शून्य छु

प्रकाशचन्द्र लोहनी २०७८ फागुन २१ गते ७:५९

धेरै टाढा हेर्न खोज्छु
तर नजिक भुल्न सक्दिनँ
सायद मानवीय कमजोरी
सधैं कोही बाँचिरहँदैन

टाढा र नजिक
नजिक र टाढा
को टाढा
को नजिक
यो त कल्पना रहेछ
समय त हाँसी रहेछ
मलाई भन्छ
हे कान्छा !
म जहाँ छु, त्यही छु
बग्ने त तिमी होउ
कता बग्छौ
कहाँ कहाँ पुग्छौ
नर्क मा पुग्छौ
या शान्ति को मन्दिर मा
त्यो तिम्रो निर्णय हो
तिमि लाई शुभकामना
म समय हु
त्यसैले म शून्य छु ।

प्रतिक्रिया