आइतबार, वैशाख २३, २०८१

दक्षिण भारतीय चलचित्रका खलनायक !

नेपालखोज २०७८ फागुन २१ गते १२:३३

मुम्बई । खलनायक कुनै पनि दमदार फिल्मका लागि उत्तिकै आवश्यक हुन्छ जति एउटा हिरो । हिन्दी चलचित्रले एक समय यस्ता खतरनाक खलनायक दियो जसलाई पर्दामा देख्ना साथ अब कुनै न कुनै ठुलो कान्ड हुने अनुमान गर्न सकिन्थ्यो । एक समय यस्तो पनि आयो जहाँ नायक र खलनायकको लुक्समा खासै फरक रहेन ।

गुडलुकिङ खलनायकको जमानामा पनि खलनायकको महत्त्व भने घटेन । यस्ता सबै समयमा दक्षिण भारतीय चलचित्रका खलनायकले सधैं आफ्नो अलग पहिचान र मानक स्थापित गर्दै आएका छन् । हेरौं दक्षिण भारतीय चलचित्रमा जमेका केही खलनायकलाई जसले थुप्रै चलचित्र आफ्नो काँधमा बोकेका छन् ।

प्रदीप रावत
सुपरहिट फिल्म गजनीका गजिनी धर्मात्मा उर्फ प्रदीप सिंह रावतले करियरको सुरुवात प्रसिद्ध टीभी सिरियल ‘महाभारत’ मा द्रोणाचार्यका छोरा अश्वस्थमाको भूमिका निर्वाह गरेर गरेका थिए । प्रदीपले कैंयन् फिल्ममा क्रूर खलनायकको भूमिका निर्वाह गरेका छन् । दक्षिण भारतका यी खुंखार खलनायकले सरफरोश, लगान, गजनी जस्ता बलिउड फिल्ममा समेत सानदार काम गरेका छन् ।

No description available.

नास्सर
४५० भन्दा बढी फिल्ममा काम गरिसकेका नास्सरलाई हिन्दी भाषी दर्शकले बाहुबलीका बिज्जालदेव का रुपमा चिन्छन् । उनी एक्टरका अतिरिक्त डायरेक्टर, राइटर तथा प्रोड्युसर पनि हुन् । उनले आफ्नो दमदार अभिनयका बलमा करोडौं मानिसलाई आफ्नो प्रशंसक बनाएका छन् ।

No description available.

अजय
नामले भन्दा पनि अनुहारकै कारण चिनिएका खलनायक हुन अजय । अजय आफ्नो दमदार अभिनय तथा खुखार चरित्रहरुका कारण परिचित छन् । अजयको खलनायकीको छवि कस्तो छ भने उनले कुनै चलचित्रमा असल मानिसको चरित्र निर्वाह गरे भने पनि मानिसहरुले चलचित्रको अन्त्य सम्म उनी माथि शंका गरिरहन्छन् ।

No description available.

आशिष विद्यार्थी
१९ जुन १९६२ मा केरलको कन्नूर मा जन्मिएका आशीष विद्यार्थी जति हिन्दी चलचित्रमा चिनिएका छन उति नै दक्षिण भारतिय चलचित्रमा सुपरिचित छन । पहिले हिन्दी अनि त्यसपछि साउथका फिल्ममा नेगेटिभ भुमिका निर्वाह गर्ने आशीषले चलचित्र ‘द्रोहकाल’ बाट फिल्ममा कदम राखेका थिए र उक्त भूमिकाका लागि उनले ‘नेशनल अवार्ड’ समेत हात पारेका थिए । आशीषले ११ अलग-अलग भाषामा २५० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।

No description available.

मुकेश ऋषि
आशिष विद्यार्थी जस्तै मुकेश ऋषि पनि एक समय हिन्दी चलचित्रमा खलनायकका रूपमा छाएका थिए । ९० को दशकमा उनले खलपात्रका रुपमा एक से एक भूमिका निर्वाह गरे । खलनायक मुकेश ऋषि आफ्नो फिट बडीका कारण पनि चर्चित छन् । साउथमा पनि खलनायकका रूपमा उनको सिक्का जमेको पाइन्छ । जम्मु कश्मीरमा जन्मिएका मुकेश फेमिली बिजनेस छाडेर फिजी आइल्यान्डमा नोकरी गर्थे । त्यहीँ उनले मोडलिङ सुरु गरे भने पछि भारत आएर फिल्ममा काम गर्न थाले । मुकेशले अहिलेसम्म १७० भन्दा बढी फिल्ममा काम गरिसकेका छन् ।

No description available.

सयाजी सिन्दे
दक्षिण भारतीय चलचित्रका सुपरिचित खलनायक, अभिनेता सयाजी सिन्दे मराठी हुन । उनले मराठी, तेलुगु, कन्नड़, मलायलम तथा हिन्दी गरी २५० चलचित्रमा काम गरिसकेका छन् ।

No description available.

प्रकाश राज
प्रकाश राजलाई कुनै परिचयको आवश्यकता छैन । उनले साउथमा मात्र होइन बलिउडमा समेत खलनायकी लाई एउटा नयाँ आयाम दिएका छन । ४०० भन्दा बढि फिल्ममा काम गरिसकेका प्रकाश ती सिमित अभिनेताहरु मध्ये एक हुन जसले खलनायकका रूपमा समेत दर्शकहरुको माया पाएका छन् । प्रकाशको आफ्नै प्रकारको फ्यान फलोइङ छ । प्रकाश राज थिएटरको संसारमा पनि एउटा ठूलो नाम हो । उनले दुई हजारभन्दा बढी नाटकमा काम गरिसकेका छन् ।

No description available.

सुमन
सुमन ती अभिनेता हुन् जसलाई हिन्दी भाषी दर्शक नामले भन्दा पनि कामले चिन्छन् । रजनीकान्त स्टारर फिल्म शिवाजीमा खलनायक आदिशेषण को भूमिका निर्वाह गरेर दर्शकको मनमा बसेका सुमनले २०० भन्दा बढि चलचित्रमा काम गरेका छन् ।

No description available.

किशोर कुमार जी
किशोर साउथ का सुपरिचित अभिनेता हुन् । इनले मनोज वाजपाईको सुपरहिट वेब सीरीज फेमिली म्यान को पहिलो भागमा इनिस्पेक्टर पाशाको भूमिकामार्फत हिन्दी भाषि दर्शकबीच पहिचान बनाएका छन् । किशोरले अहिलेसम्म १०० फिल्ममा काम गरिसकेका छन् ।

No description available.

जगपति बाबु
जगपति बाबु साउथका लोकप्रिय खलनायकमध्ये एक हुन् । उनी अभिनयका साथ साथै आफ्नो महगो पारिश्रमिकका कारण पनि चर्चित छन् । १६० भन्दा बढी चलचित्रमा काम गरिसकेका जगपति एउटा फिल्ममा काम गरे बापत १ देखि २ करोड भारु चार्ज गर्छन् ।

No description available.

कोटा श्रीनिवास राव
कोटा श्रीनिवास साउथ सिनेमाका सुपरिचित कलाकार हुन । हिन्दीमा डब गरिएका दक्षिण भारतिय चलचित्रको धुम रहेका बेला कोटा श्रीनिवास लगभग हर फिल्ममा देखा पर्थे । खतरनाक भिलेनदेखि बुढा हजुरबुवासम्मको भूमिका निर्वाह गरिसकेका कोटा श्रीनिवासले करिब ४०० फिल्ममा काम गरेका छन् ।

No description available.

राव रमेश
राव रमेश साउथ सिनेमाका चर्चित अनुहार हुन् । उनी अल्लु अर्जुनको फिल्म पुष्पा दी राइजमा समेत छन् । १३० भन्दा बढी चलचित्रमा काम गरिसकेका राव रमेश आफ्नो खलनायकी तथा सपोर्टिङ भूमिकाका लागि चिनिन्छन् ।

No description available.

प्रतिक्रिया